नियम १२
निर्विरोध निर्वाचित भएको घोषणा
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि कुनै निर्वाचन क्षेत्रमा ऐनको दफा २६ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा एक जना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई ऐनको दफा २७ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरी सोको जानकारी आयोगलाई तुरुन्त दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम निर्विरोध निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले मतदान गर्न तोकिएको समय समाप्त भएपछि निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।